०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

अवकाश प्राप्त आईजीपी बसन्त बहादुर कुँवरको एआईजिपी दिपक थापाले बिदाई गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०३, २०८१

 

काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे ।
कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा अवधि पुरा गरेर घर फर्किएका हुन् ।

उनीसँगै अतिरिक्त महानिरीक्षकहरूमा टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका पनि अनिवार्य अवकाशमा गएका हुन् । उनीहरुलाई पनि नवनियुक्त आईजीपीले मायाको चिनो प्रदान गरेर बिदाई गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै निवर्तमान प्रहरी महानिरीक्षक कुँवरले संगठनप्रति आफ्नो समर्पण व्यक्त गर्दै नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गरे ।

उनले प्रहरी सेवाबाट निवृत्त हुँदै सामाजिक जीवनमा प्रवेश गर्ने यस क्षणमा संगठनले प्रदान गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गरे ।

साथै, नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको नेतृत्वमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँलाई सफल कार्यकालको शुभकामना दिए ।

समारोहमा कुँवरले आफ्नो कार्यकालमा भएका उल्लेखनीय उपलब्धिहरू समेटिएको प्रतिवेदन दिपक थापालाई हस्तान्तरण गरे । त्यसक्रममा नवनियुक्त आईजीपी थापाले निवर्तमान प्रहरी अधिकृतहरूको योगदानको प्रशंसा गर्दै नेपाल प्रहरीको श्रीवृद्धिमा उहाँहरूको भूमिकाले महत्वपूर्ण टेवा पुगेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबारदेखि प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवरसँगै पाँच एआईजी पनि अवकाश गएपछि ६ पद रिक्त भएको हो । कुँवरले अवकाश पाएपनि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मात्रै सेवामा रहेका थिए । तर, यी तीन जनामध्येबाट पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरको उत्तराधिकारीमा एआईजी दिपक थापालाई आईजीपी नियुक्त गरेको छ । […]

प्रहरीले काठमाडौंबाट २५ करोड नगद ट्रकसहित एक जना पक्राउ काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले २५ करोडसहित एक जनालाई पक्राउ गरिएको थप अनुसन्धान भइरहेको बताए ।

  कपिलवस्तु । कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट […]

error: Content is protected !!