०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

अनिवार्य अबकाश भएर जान लाग्नुभएका डिआईजी ध्रुवराज राउतको एआईजी टेकबहादुर तामाङद्वारा बिदाई,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०३, २०८१

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतलाई प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले “मायाको चिनो प्रदान गरी” बिदाई गर्नुभएको छ ।


बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कमर्ठ सिपाहीको रुपमा संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्नु भएकोमा प्रहरी नायव महानिरीक्षक राउतलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।

सेवा निवृत हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले आफ्‍नो अनुभव सहितको मन्तब्य व्यक्त गर्दै प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनको उद्देश्य पुरा गर्नको निम्ति योगदान गरेको स्मरण गर्दै अवकाश पश्चात पनि नेपाल प्रहरी संगठनले महशुस गरेको हरेक समयमा सल्लाह, सुझाव र सहकार्यमा निरन्तरता दिने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबारदेखि प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवरसँगै पाँच एआईजी पनि अवकाश गएपछि ६ पद रिक्त भएको हो । कुँवरले अवकाश पाएपनि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मात्रै सेवामा रहेका थिए । तर, यी तीन जनामध्येबाट पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरको उत्तराधिकारीमा एआईजी दिपक थापालाई आईजीपी नियुक्त गरेको छ । […]

प्रहरीले काठमाडौंबाट २५ करोड नगद ट्रकसहित एक जना पक्राउ काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले २५ करोडसहित एक जनालाई पक्राउ गरिएको थप अनुसन्धान भइरहेको बताए ।

  कपिलवस्तु । कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट […]

error: Content is protected !!