०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

आईजिपीको टुंगो लगाउन दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, नयाँ आईजिपी को बन्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०३, २०८१

काठमाडौं । नेपाल प्रहरीमा अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१ औं आइजिपी नियुक्त गर्नेछ।

नयाँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । उनीहरुमध्येबाट हुने आइजिपी १८ भदौ ०८२ सम्म करिब ६ महिना प्रहरी नेतृत्वमा रहनेछन् । नयाँ आइजिपीबारे समयमै निर्णय नहुँदा अस्वस्थ चलखेल हुने गरेको छ । सोमबार साँझ मात्र प्रहरीले नयाँ आइजिपी पाउने भएको छ । मन्त्रिपरिषद्को निर्णयपछि प्रहरी प्रधान कार्यालयले आइजिपी कुँवरसहितका उच्च अधिकारीको प्रहरी प्रधान कार्यालयमा बिदाई गर्न लागेको छ ।

यसरी अन्तिम समयमा आइजिपी नियुक्ति गरिनु गलत भएको पूर्वएआइजी विज्ञानराज शर्मा बताउँछन् । ‘केही दिनअघि नै नयाँ प्रहरी नेतृत्व टुंगाएर सहज नेतृत्व हस्तान्तरणको अवसर यसपटक पनि सरकारले गुमाएको छ,’ उनी भन्छन्,‘यसरी अन्तिम समयमा नियुक्ति गर्दा यसले प्रहरी संगठनलाई राम्रो हुँदैन ।’

आइजिपी कुँवरसहित नौ उच्च अधिकारीले सोमबारदेखि वकाश पाउनेछन् । एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराई तथा डिआइजीहरू भोला रावल, अर्जुन चन्द र ध्रुवराज राउतले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्‍यो। महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । ३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्‍यो। महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । ३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष […]

काठमाडौं । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्। कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ । एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा […]

error: Content is protected !!