०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

नेपाल प्रहरीको आईजीपी कुँवरसँगै ५ जना एआईजी र ३ डीआइजी एकैसाथ अनिवार्य अवकाश हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०३, २०८१

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् ।

आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।

कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्‍यो। महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । ३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष […]

काठमाडौं । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्। कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ । एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा […]

error: Content is protected !!