०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

मंगलबारदेखि एआईजीका ६ पद रिक्त हुँदैछन् को,को छ्न नयाँ एआईजीको दाबेदारहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०३, २०८१

काठमाडौं । सोमबारदेखि गण्डकी प्रदेशका डीआईजी भोला रावल तथा सुदुरपश्चिमका गणेश चन्दले पनि आईजीपी बसन्तबहादुर कुँवरसँगै अवकाश पाउँदैछन् ।

कोशी प्रदेशका राजन अधिकारी, लुम्बिनीका दानबहादुर कार्की, मधेसका लालमणि आचार्य, बागमतीका कृष्णहरी शर्मा समेत एआईजी बढुवाको दाबेदार भएकाले ती प्रदेशको नेतृत्व पनि खाली हुने सम्भावना छ ।

जसकारण प्रदेश जानका लागि अहिलेदेखि नै मारामार सुरु भइसकेको छ । प्रदेशमा सरुवा र एआईजीको बढुवासँगै अघि बढाउने गृह मन्त्रालयको तयारी छ । मंगलबारदेखि एआईजीका ६ पद रिक्त हुँदैछन् ।

जसमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा, दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी तथा शिद्धिबिक्रम शाह मुख्य दाबेदार छन् ।

यही बढुवाले प्रहरीमा भावी नेतृत्वको तय गर्ने भएकाले पनि एआईजी बढुवामा तिव्र टक्कर छ । उनीहरुमध्ये दानबहादुरको ब्याच २०५४ मा भर्ना भएको थियो भने शिद्धिबिक्रमको ब्याच २०५३ मा भर्ना भएको हो

शिद्धिबिक्रमको ब्याचबाट आईजीपी भएपछि पनि दानबहादुरको ब्याचबाट आईजीपी हुने भएकाले यसपटक २०५३ को ब्याचलाई एआइजीमा अघि तान्ने सम्भावना समेत रहेको स्रोत बताउँछ । किनकी रवि लामिछाने गृहमन्त्री छँदा शाहको व्याचलाई छुटाइएको थियो।

त्यस्तै, डीआईजीहरु उमा चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बर बिक, सुशिलसिंह राठौर, दिनेश आचार्य , ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट, गोविन्द थपलिया लगायत भने सके एआइजी हुने र नभए प्रदेश जाने रणनीतिमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर […]

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

error: Content is protected !!