०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’ नेता प्रचण्ड

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०२, २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार मकवानपुरमा आफ्नो फोटो जलाउने राप्रपाका नेता नीराजन बमलाई  पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।

फोटो जलाएको आरोपमा प्रहरीले आइतबार बमलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । सोही विषयमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका हुन् ।

‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’, उनले लेखेका छन् ।

शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्ड र गणतन्त्रको विरोध गर्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]

error: Content is protected !!