०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
×

आइतबार तपाईहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र ०२, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सामान्य रहनेछ। श्रमको फल खोज्ने जमात सक्रिय भएकाले व्यवहार गर्दा सचेत रहनुहोस्। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुन सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यवहारमा संकट आइपर्ने जोखिम छ। अरुको सेवा गर्दा आफ्नो ख्याल गर्न भुल्ने बानीले घाटा हुन सक्छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा चिन्ता र त्रास बढ्नेछ। राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ। औषधी नियमित सेवन नगर्दा रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सामान्य राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। आज बनाएको योजना दीर्घकालसम्म सञ्चालन हुने भएकाले सोचेर काम गर्नुपर्ने समय आएको छ। परिवार भन्दा बाहिरको कुरा बुझ्नु आवश्यक देखिन्छ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिन राम्रो छ। कृषि र फलफूलको कारोबारमा फाइदा हुनेछ। जग्गाको कारोबारबाट राम्रो नाफा प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। यात्राले मन शान्त बन्नेछ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन राम्रो छ। परिवारका सदस्यसँग भेटघाट हुनेछ। आम्दानीबाट नाफा हुनेछ। विदेशमा गरेको लगानी भए राम्रो आम्दानी हुनेछ। निजी क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दिन राम्रो छ। स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। शत्रु बढ्नेछन्। काम बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ। परिवारमा खटपटी बढ्नेछ। 

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दिन राम्रो छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ ग्रहको साथ रहेको छ। सोचेको काम बन्नेछ। साथीभाइले साथ र सहयोग गर्नेछन्। धार्मिक क्षेत्रमा घुमघाम चल्नेछ। यात्राले नयाँ शिक्षा प्राप्त हुनेछ। मध्य साढेसाती दशा भएकाले धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुन्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। सुरुवाती साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।माधवा शर्मा ।

ज्योतिषाचार्य एवं वास्तु विद् ।
फोन नं-9848060799
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र क लाईन जेसिस चोक दाङ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१ औं आइजिपी नियुक्त गर्नेछ। नयाँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । उनीहरुमध्येबाट हुने आइजिपी १८ भदौ ०८२ […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् । आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा […]

काठमाडौं । नेपाल प्रहरीको ५३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवा तथा पदस्थापन गरिएको छ । प्राविधिक प्रहरी समूह अन्तरगत विभिन्न उपसमूह तर्फका असईहरूलाई सईमा बढुवा गरी पदस्थापन गरिएको हो ।

error: Content is protected !!