
काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दोर्जे लामालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका ४९ वर्षीय लामा अनामनगरबाट पक्राउ परेका हुन् । उनलाई कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्जमा पठाइएको एसपी आचार्यले जानकारी दिए । उनी काठमाडौँ महानगरपालिका वडा नम्बर–६ मा बस्दै आएका थिए ।
उनीविरुद्ध प्रहरी वृत्त मालीगाउँमा पनि २४ लाख बिगो भएको बैंकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । पाँचवटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन पनि लामा संलग्न देखिएका छन् । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन आइडिलय यमुनाको मुद्दामा समेत उनी फरार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।