०२ चैत्र २०८१, आइतबार
16-03-2025 , Sun
×

शान्तिपूर्ण तराईमा होली मनाएर सकियो,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०८१

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ ।

विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले पुराना पुस्ता बाहेक नयाँ पुस्ताले त्यो संस्कृति मान्दैनन् ।’

हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार शुक्रबार यस क्षेत्रमा होली मनाउन लागिएको हो ।

होलीलाई लक्षित गरी विभिन्न ठाउँमा मेला तथा महोत्सव आयोजना गरिएका छन्।

होलीमा अवाञ्छित गतिविधि रोक्न प्रशासनले तराईका जिल्लाहरूमा सुरक्षा सतर्कता बढाएको छ । अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले विशेष सुरक्षा योजनासहित परिचालन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय […]

  दाङ । तुल्सीपुर मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका ९ गौरी शङ्कर टोलमा अन्टीको कोठामा बस्ने ११ वर्षकी दिपशिखा ओली रहेको प्रहरीले जनाएको छ । अन्टी सङ्गीता खड्काको कोठामा बस्ने दुर्गा प्रसाद ओलीको छोरी दिपशिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । उनको घटनास्थलमै […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको दाङ ट्राफिक प्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार हेलमेट नलगाएर मोटरसाइकल […]

error: Content is protected !!