०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै बिमानमा आगलागी

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०८१

 

काठमाडौं । बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो।

अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७-८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो।

उडानको क्रममै इन्जिनमा खराबी देखिएपछि जहाजलाई डाइभर्ट गरी डेनभर विमानस्थलमा अवतरण गराइएको थियो। अवतरण गरेपछि यात्रु ओर्लिन नपाउँदै विमानको इन्जिनमा आगलागी भएको थियो भने भित्री भागहरुबाट पनि धुवाँको मुस्लो छुटेको थियो।

धुवाँको मुस्लोले विमानस्थल नै ढाकेको थियो। यात्रुहरू झ्यालबाट निस्किएर विमानको पखेटामा लहरै बसेका थिए भनेर अमेरिकी मिडिया सिएनएनले समाचार लेखेको छ। सिएनएनले नै  सार्वजनिक गरेको भिडिओमा यात्रुहरू विमानको पखेटामा उभिइरहेको देखिन्छ। उनीहरू पखेटामा उभिरहँदा जहाजबाट धुवाँको मुस्लो र आगोको लप्का छुटिरहेको थियो।

विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरूले भर्‍याङ प्रयोग गरी जहाजको पंखामा रहेका यात्रुहरूलाई झारेका थिए। जहाजमा चालक दलका ६ सदस्यसहित १७२ जना यात्रु रहेको सिएनएनको समाचारमा उल्लेख छ। विमानस्थलमा खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रकहरूको सक्रियताका कारण समयमै आगो निभाइएकाले मानवीय क्षति हुन नपाएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]

error: Content is protected !!