०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

ईलाका प्रहरी कार्यालय मिर्चैया सिराहाको प्रहरी हिरासतबाट एक थुनुवा फरार

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०८१

सिरहा । सिरहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएका हुन् ।

अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।‘उनको खोजी भइरहेको छ,’ मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले भन्नुभयो, ‘विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जमा बालसुधार गृहमा होलिको विषयलाई लिएर दुई समुह बीच झडप भएको छ । झडपमा ६ जना सख्त घाइते भएका छन् । प्रहरी प्रशासनले अवस्था नियन्त्रण गर्न खोज्दा भवनलाई कब्जामा लिएका गिरोहले ढुंगामुढा गरि प्रहरी प्रशासनलाई भित्र प्रवेश गर्न अवरोध खडा गरेको छ ।प्रहरी प्रशासनले अवस्था नियन्त्रण गर्न पुर्ण प्रयास गरिरहेको छ । यसै […]

काठमाडौं । नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरलगायत नौ उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । आइजिपीले अवकाश पाउन तीन दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको छैन । प्रहरी महानिरीक्षक कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डिआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन्। एआइजीहरू टेकप्रसाद […]

महोत्तरी । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली […]

error: Content is protected !!