मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी बछौली सौराहा, चितवनको भौतिक संरचनाको समुद्घाटन सम्पन्न भएको छ । आज मिति २०८१।१०।०९ गते आयोजित समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साथै उक्त कार्यक्रममा बागमती प्रदेश सभाका माननीय सदस्यज्यू, रत्ननगर नगरपालिकाका नगर प्रमुखज्यू, उप-प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी प्रमुखज्यू,नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशकज्यू, जिल्ला सुरक्षा समिति चितवनका पदाधिकारीज्यूहरु, चितवन जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु,प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।