दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले पुस महिनाको विभिन्न समयमा वडा नम्बर १ भालुबाङको फेहरी खोला क्षेत्रबाट अवैध रुपमा ६ सय ६० किलोग्राम मिसावट गरिएको मह बरामद गरि नष्ट गरेको हाे।
प्रहरीले उक्त मह बरामदकाे नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरमा जाँच गर्न पठाएको थियो ।
जाँच गर्दा मिसावट गरिएको पुष्टि भएपछि जनप्रतिनिधि,जिल्ला प्रशासन कार्यालय दाङ प्रतिनिधि,घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रतिनिधि,सञ्चारकर्मीहरुकाे उपस्थितिमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर माझीले जानकारी दिनुभएको छ ।