०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

नेपाली मिडिया जगत छापा र पत्रिकाहरू संकटको अवस्थामा डिजिटल मिडिया व्यापक विस्तार हुँदै,

Logo
पाण्डव शर्मा प्रकाशित आइतबार, माघ ०६, २०८१

 

दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ ।

डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया जगतकै विरुद्धमा प्रहार गर्न उद्देलित भएकाे छ ।

मिडिया क्षेत्रमा परेकाे संकटले तत्कालका लागि सञ्चारकर्मीहरूलाई अफ्ठेराे परेकाे देखिए पनि यसकाे दूरगामी असर निकै घातक हुन्छ । मिडिया क्षेत्र कमजोर हुनु भनेकाे लाेकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र समग्रमा नागरिककाे सुसुचित हुन पाउने अधिकार कुण्ठित हुनु हो ।

मिडिया क्षेत्रको प्रवर्द्धनका लागि राज्य, सञ्चारकर्मीहरू, नागरिक समाज र समग्र समाजले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल प्रहरीको (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशित बाँके जिल्लामा कार्यरत गोबिन्द बिश्वकर्मा नामनिकाल्न सफल बाँके । नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित जसमा ७७ जनाको नाम निस्किएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी साहेक निरीक्षक गोबिन्द बिश्वकर्मा प्रहरी निरीक्षक […]

  काठमाडौं । वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजीमा बढुवा गर्न मिल्ने भएको हो । राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको बताए । राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु […]

error: Content is protected !!