०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

काठमाडौंमा भुकम्पको झटका महसुस,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २९, २०८१

काठमाडौं । उपत्यकामा सोमबार साँझ फेरि भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको भएपनि भूकम्पको तीव्रता र केन्द्रविन्दु भने खुल्न सकेको छैन । यसअघि गत पुस २२ गते चीनको तिब्बतको सिगात्से क्षेत्रमा केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पले नेपालमा १३ जना घाइते भएका थिए । नेपाल प्रहरीका अनुसार यसअघिको भूकम्पका कारण बारामा ११ जना र काठमाडौं र काभ्रेमा एक जना घाइते भएका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सुडानी । स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ । नेटवर्कले यो मृत्यु सङ्ख्या […]

  डडेल्धुरा । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी […]

  दाङ । आज दिउँसो करिब साढे दुई बजेतिर घोराही उपमहानगरपालिका १० गुर्जेखोलामा रा १ ख ११५६ नं.को बसले विपरित दिशा तर्फ आउँदै गरेको रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते हुनेमा मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका ३ का ४० वर्षिय जहरे […]

error: Content is protected !!