०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

(रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखियो

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २९, २०८१

काठमाडौँ । जिल्ला अदालतमा आज (सोमबार) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएन । बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । अब पर्सी मात्रै बहस हुने भएको छ ।

भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि मात्र बहस हुने भएको हो।यसैबीच रवि पक्षका वकिलले आज बहस नभएपछि हिजोको जस्तो आदेश गर्न नहुने माग गरेका छन् । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस लम्बिए पनि हिजोको जस्तो आदेश हुन नहुने माग गरेका हुन् । उनले भने ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न भएन श्रीमान ।’

उनले कानूनी प्रक्रियामै गडबडी गरिएको बताएका छन् । उनले भने, ‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनु पर्ने थियो । यहाँ कानुनी प्रक्रियामै गडबडी गरिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो ।’ न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले कांग्रेस गठबन्धको सरकार आफैं ढल्ने बताएका हुन् । ‘वर्तमान सरकार अपारदर्शी र असंवैधानिक र अप्राकृतिक हो । […]

अर्घाखाँची । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा माघे सङ्‍क्रान्ति मेलामा तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ । रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरूको मंगलबार बिहानैदेखि घुइँचो लागेको हो । माघे सङ्‍क्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रही आएको छ […]

  काठमाडौं । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको थियो’, ती अधिकृतले भने, ‘त्यही जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।’ प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि […]

error: Content is protected !!