२४ पुष २०८१, बुधबार
08-01-2025 , Wed
×

मदिराले क्यान्सर निम्त्याउँछ मदिरा न,खान डाक्टरको चेतावनी,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २०, २०८१

 

काठमाडौं । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले शुक्रबार मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर प्रकाश पार्न स्वास्थ्य चेतावनीका लागि आह्वान गरेका छन् । साथै, उनले जोखिमका कारण दैनिक सेवनको सीमा पुनर्मूल्याँकन गर्न आग्रह गरेका छन् ।

सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै ज्ञात रहेको र थप प्रमाणहरूले खतराको पुष्टि गरिरहेको बताउनुभयो । तैपनि अनिवार्य चेतावनी लेबलहरूले स्वास्थ्य खतरालाई सम्बोधन गर्न सकेका छैनन् ।

‘मदिरा क्यान्सरको एक सुस्थापित, रोकथाम योग्य कारण हो, संयुक्त राज्य अमेरिकामा वार्षिक रूपमा लगभग एक लाख क्यान्सरका घटना र २० हजार क्यान्सर मृत्युका लागि जिम्मेवार छ’, मूर्तिले विज्ञप्तिमा भनेका छन्, ‘यो संख्या प्रत्येक वर्ष लगभग १३ हजार पाँच सय मदिराजन्य ट्राफिक मृत्युहरू भन्दा बढी छ ।’

‘अझै पनि अधिकांश अमेरिकी यस जोखिमबारे अनभिज्ञ छन’, उनले सार्वजनिक शिक्षाको तत्काल आवश्यकतामा जोड दिँदै भने । सन् १९८८ मा प्रस्तुत गरिएको विद्यमान चेतावनी लेबलमा ‘जन्मजात विकृतिको जोखिमका कारण गर्भवतीहरूले मदिराजन्य पेय पदार्थ सेवन गर्नु हुँदैन’ र ‘मादक पेय पदार्थको सेवनले कार चलाउने वा मेसिनरी सञ्चालन गर्ने क्षमतालाई बिगार्छ र स्वास्थ्य समस्या निम्त्याउन सक्छ’ भनेर मात्र उल्लेख छ ।

दक्षिण कोरिया र आयरल्यान्ड लगायत अन्य देशहरूले गरेजस्तै मूर्तिले अहिले राम्रोसँग स्थापित क्यान्सर जोखिमलाई प्रतिबिम्बित गर्न यी लेबलहरूलाई आधुनिकीकरण गर्न कंग्रेसलाई आह्वान गरे ।

मदिरा सेवनले कम्तीमा सात प्रकारका क्यान्सरको जोखिम बढाउँछ । यसमा स्तन, कोलोरेक्टल, कलेजो, मुख, घाँटी, भोजननली र स्वरयन्त्रको क्यान्सर समावेश छन् । स्तन क्यान्सरका मात्र १६.४ प्रतिशत घटनाको कारण मदिरा हो । तर सार्वजनिक जागरूकता निकै पछि छ ।

सन् २०१९ को एक सर्वेक्षणले ४५ प्रतिशत अमेरिकीले मात्र मदिरालाई क्यान्सरको जोखिम कारकको रूपमा पहिचान गरेको पाइएको थियो । जबकि विकिरण सम्पर्कका लागि ९१ प्रतिशत, सुर्तीजन्य पदार्थको प्रयोगका लागि ८९ प्रतिशत, एस्बेस्टस सम्पर्कका लागि ८१ प्रतिशत र मोटोपनाका लागि ५३ प्रतिशतले पहिचान गरेका थिए ।

्मदिराले चार प्रमुख तरिकाबाट क्यान्सरमा योगदान पु¥याउँछ । यसले अक्सीडेटिभ तनाव उत्पन्न गर्छ, जसले डिएनए, प्रोटिन र कोषिकाहरूलाई नोक्सान पु¥याउँछ; यसले इस्ट्रोजेन लगायत हर्मोन स्तरलाई बिगार्छ, जसले स्तन क्यान्सरको जोखिम बढाउँछ; र यसले सुर्तीजन्य पदार्थबाट लगायत कार्सिनोजेनको अवशोषण बढाउँछ ।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले शुक्रबार मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर प्रकाश पार्न स्वास्थ्य चेतावनीका लागि आह्वान गरेका छन् । साथै, उनले जोखिमका कारण दैनिक सेवनको सीमा पुनर्मूल्याँकन गर्न आग्रह गरेका छन् । सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै ज्ञात रहेको र थप […]

(ABC-Sanchar) डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले एक नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरेको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल […]

(एबिसि संचार ) धनगढी उपमहानगरपालिकाले अगामी माघदेखि नगर क्षेत्रमा सुर्ती र मदिरा बिक्री वितरणमा रोक लगाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सुर्ती […]

error: Content is protected !!