२४ पुष २०८१, बुधबार
08-01-2025 , Wed
×

तुल्सीपुर महोत्सव लगाउने संस्थाले २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २०, २०८१

 

दाङ । तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।

साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उनले बताए । ‘यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो हुने अबस्था थियो थियो’ उनले भने, ‘तर, अहिले रु २५ लाखसहित मनोरञ्जन कर उठाउँदा रु ३० लाख बढी हुने भयो, यसले नगरमा कर बढ्ने भयो ।’

यसअघि महोत्सवको अनुमति दिए पनि ठेकेदारहरू आएर बिचौलियाको काम गर्ने र आम्दानीको पाँच प्रतिशत नगरलाई दिनुपर्ने व्यवस्था भए पनि रु एक पनि कर नआउने गरेको भन्दै अबदेखि त्यो समस्या नहुँने उनको भनाइ थियो । अब उपमहानगरपालिकाले आफैँ टिकेट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उनले बताए । यसअघि आयोजकले आफैँ टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अवस्था थियो ।

यस्तै यस वर्ष चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाको शुक्रबारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरको हो । यसअघि तुलसीपुर उद्योग वाणिज्य सङ्घले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिइएको प्रमुख खड्काले बताए ।

‘एउटा व्यवसायको संंस्थाले एक पटक महोत्सव लगाएमा तीन वर्षसम्म लगाउन नपाउने कार्यविधि छ’, उनले भने, ‘सोहीबमोजिम हामीले यस वर्ष चेम्बर र साना तथा घरेलु उद्योग महासङ्घलाई दिने भन्ने कुरामा बहस भयो, तर अन्ततः चेम्बरलाई दिने निर्णय भयो, यहीअनुसार अर्को बर्ष घरेलुलाई दिनुपर्ने हुन्छ, यो कार्यविधिले बोलेको कुरा हो ।’ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले बोलपत्रमार्फत महोत्सव लगाउनुपर्ने माग राखेको भए पनि सबैलाई पालो दिएर त्यसपछि बोलपत्र गर्न सकिने नगर प्रमुख खड्काको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । (मंगलबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार आजै राति (पुस २३ गते) बाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो । डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यिनैमध्येबाट एक […]

  बाँके । कोहलपुर जिल्ला कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले बाँके जिल्लाभर ट्राफिक पोष्टहरुमा कार्यरतट्राफिक प्रहरी कर्मचारीहरुलाई स.चा.अ.प. नभएका,मा.प.से./ला.प.से. गरी सवारी साधनहरु नचलाउने, चोरीका सवारीसाधन नचलाउने ,चेकीङ्ग गर्दा सुरक्षित स्थानमा सवारी रोकी आफु सुरक्षित भई मात्र चेकजाँच गर्ने लगायतका बिषयमा अनुशिक्षण गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको […]

  काठमाडौं । त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार मंगलबार ३० वटा आन्तरिक उडान रद्द भएका छन्। बुद्ध एयरको मात्र १७ वटा उडान रद्द भए। बुद्धको भैरहवाको ६, नेपालगञ्ज र जनकपुरको ४/४, तथा सिमराको तीन वटा उडान रद्द भएका छन्। त्यस्तै, यती एयरलाइन्सको भैरहवाको दुई र सिमरा, नेपालगञ्ज, जनकपुर र विराटनटरका १/१ उडान हुन सकेनन्। श्री एयरलाइन्सको […]

error: Content is protected !!