०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०८, २०८१

 

काठमाडौं । हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई थुनामा राखिएको छ। प्रहरीले आफूविरुद्ध अनुसन्धान थालेसँगै भागेकी उनी आज जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन्।

त्यसपछि आज (आइतबार) उनको बयान लिइएकोमा थुनामा पठाइएको हो। जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोका अनुसार मुद्दा न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा पेशी चढेको थियो।

तर आजलाई बयान लिएर उनलाई ललितपुर प्रहरीको जिम्मा लगाई थुनामा राखिएको हो। शाहीको बयान सकिएपछि भोलि थुनछेक आदेश आउने महतोले बताए।

भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत मंसिर ९ गते जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

यस अगाडि शाहीले पक्राउ पूर्जी जारी भैसकेको अवस्थामा सारा शक्ति लगाएर पक्राउ रोकाएकी थिइन्। उनलाई गृहमन्त्रीले नै संरक्षण दिएकोमा अहिले फेरि अदालतमा सेटिङ गर्न उनको चलखेल छ।

भैंसेपाटी प्रभागको प्रमुख रहेका बेला गत ७ असोजमा उनले एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेकी थिइन्।

घटना बाहिरिएपछि निलम्बनमा परेकी उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। छानविन समितिमा समेत बयान दिन नगएकी उनी अन्ततः प्रहरी हिरासत पुगेकी छिन्।

अब भोलि उनको थुनछेक बहस हुने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ।

यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो।

छाड्न आदेश दिएको थियो। अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको थियो।

घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए। करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

  धनगढी । हालैमात्र सरुवा भई आएका डीआईजी चन्दले राति मदिरा सेवनले अत्यधिक सवारी दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्। डीआईजी चन्दले राति १० बजेसम्म सडकमै रहेर ड्युटी गर्न निर्देशन दिएपछि सोही बमोजिम कार्यान्वयन गर्न भनिएको छ। डीआईजी चन्दको निर्देशनअनुसार अब ट्राफिक प्रहरीले राति १० बजेसम्म सडकमै रहेर निगरानी गर्नेछ। पछिल्लो समय […]

  बाँके । नेपालगन्ज १५ जमुनाह स्थित सज्जाद भन्नेको घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि भण्डारण गरि राखेको अवस्थामा लत्ता कपडा प्रहरीले बरामद गरेको छ। प्रहरीले कुर्ता सुरवाल, धोती र मोजाहरु जम्मा अन्दाजी मुल्य रु.२,१८,९६०।–(दुईलाखअठार हजार नौसय साठी) बराबरको फेला पारी बरामद गरेको हो । उक्त बरमदका लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय […]

error: Content is protected !!