दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम, लेन अनुशासन, ओभरटेक गर्ने तरिका,
सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगाएतका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।