०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

आइतबार तपाईंको राशिफल,

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०७, २०८१

 

दाङ । तुल्सीपुर मेष : दिन राम्रो छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। चिसोबाट हुने रोगबाट बच्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृष : अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ।

मिथुन : बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ। सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन सहज छ। आज गरेका काम दीर्घकालसम्म रहनेछन्। काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यमा सेवाको अवसर मिल्नेछ। परिवारमा खटपटी बढ्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। सानो कुराले मनमा खटपटी भए पनि सञ्जनसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घुम्ने अवसर प्राप्त होला।

तुला : एकादश भावमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ। साना कुरामा अल्झिनुभन्दा महत्तवपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : अढैया शनि भए पनि शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ। खानपानमा ख्याल नगर्दा चिसोले सताउने जोखिम छ। परिवारमा तपाईंलदे कर्तव्य पूरा गरेर अगाडि बढ््नुपर्ने दिन छ।

धनु : दिन राम्रो छ। धन आर्जन गर्ने समय आएको छ। सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ। कुनै सरकारी पदमा भए बढुवा हुनेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ।

मकर : दिन सामान्य छ। साथीभाइले आक्रामण गर्ने जोखिम छ। सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि शुभग्रहको पहुँचले काम बन्नेछ। धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा रोगको जोखिम बढ्नेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा गढबढी हुनेछ। साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ।

मीन : सुरुवाती साढेसात भएकाले सानातिना कुराले मनमा झन्झट बढ्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। खानपानमा समस्या हुने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयलेप्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति हुनुभएका जम्मा ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

  दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम, लेन अनुशासन, ओभरटेक गर्ने तरिका, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगाएतका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका […]

  झापा । बुद्धशान्ति गाउँपालिका–३ बुधबारेमा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११:३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, श्रेष्ठ नखुलेको नगद रु तीन लाख ६ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको […]

error: Content is protected !!