२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

बारामा कार भित्र मृत्त भेटिएका प्रहरी कार्यालयका सहयोगी भएको प्रहरीको पुष्ठि,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् ।

जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । अरूको कार लिएर रूम्बा शुक्रबार राति सिमराबाट लोसण्डा गाउँतिर गएका थिए । कारको ढोका खुलेको अवस्थामा शव भेटिएकोले हत्या हुनसक्ने अनुमान प्रहरीको छ ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । जितपुरसिमरा उपमहानगर–१७ नयाँ बस्ती निवासी ४० वर्षीय रूम्बा एयरपोर्ट प्रहरीमा भान्छे थिए । शव वीरगञ्ज नारायणी अस्पतालमा लगिए पनि मृतकको परिवारका कारण शव पोस्टमार्टम हुनसकेको छैन । मृतकका परिवार, आफन्त र गाउँलेले नियोजित रूपमा हत्या गरिएको र प्रहरीले घटनामा संलग्न हुनेलाई पक्राउ गर्न नसकेको भन्दै इलाका प्रहरी घेराउ गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!