०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

काठमाडौंमा यस वर्षकै चिसो,

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर २९, २०८१

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री  थियो । महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।

तराईमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा केही व्यक्तिले आक्रमण काठमाडौं । हैदराबाद तेलुगु फिल्म स्टार अल्लु अर्जुनको घर अगाडिको भाग, गमला र केही समानमा क्षति पुगेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ । भिडियोमा केही फुटेको गमला पनि देख्न सकिन्छ । बीबीसी तेलुगु […]

  काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयलेप्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति हुनुभएका जम्मा ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

  दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम, लेन अनुशासन, ओभरटेक गर्ने तरिका, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगाएतका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका […]

error: Content is protected !!