०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

बारा प्रहरीले एक लाख १२ हजार रुपैयाँ बराबरको ७० किलो काजु पक्राउ,

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर २४, २०८१

 

बारा । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँचका क्रममा काजु बरामद गरेको हो ।

कटारीबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६७२३ नम्बरको यात्रु बसमा लोड गरिएको काजु बिना बिलबिजक लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

बरामद गरिएको काजु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले यसबारे जानकारी दिँदै काजु तस्करी रोकथाम गर्न प्रहरीले निगरानी कडा बनाएको बताए ।

अवैध रूपमा लैजान खोजिएको काजु सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनगढी । हालैमात्र सरुवा भई आएका डीआईजी चन्दले राति मदिरा सेवनले अत्यधिक सवारी दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्। डीआईजी चन्दले राति १० बजेसम्म सडकमै रहेर ड्युटी गर्न निर्देशन दिएपछि सोही बमोजिम कार्यान्वयन गर्न भनिएको छ। डीआईजी चन्दको निर्देशनअनुसार अब ट्राफिक प्रहरीले राति १० बजेसम्म सडकमै रहेर निगरानी गर्नेछ। पछिल्लो समय […]

  बाँके । नेपालगन्ज १५ जमुनाह स्थित सज्जाद भन्नेको घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि भण्डारण गरि राखेको अवस्थामा लत्ता कपडा प्रहरीले बरामद गरेको छ। प्रहरीले कुर्ता सुरवाल, धोती र मोजाहरु जम्मा अन्दाजी मुल्य रु.२,१८,९६०।–(दुईलाखअठार हजार नौसय साठी) बराबरको फेला पारी बरामद गरेको हो । उक्त बरमदका लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय […]

  काठमाडौं । पुष ३ गतेको प्रहरी उपरीक्षक निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो । बढुवा भएका प्रहरी हवल्दारलाईलाई प्रचलित नियम अनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो ।

error: Content is protected !!