२७ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

कपिलवस्तुको विजयनगरमा बृहत रक्तदान : एक सयबढीले गरे दान,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर २२, २०८१

कपिलवस्तु विजयनगर गाउँपालिकामा बृहत् रक्तदानमा कार्यक्रम गरिएको छ । शनिबार भएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, गाउँपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोगमा वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रगत दान गरेका युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट प्रहरीले ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ। शुक्रबार राति करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले गहुँखेतमा फालिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो। प्रहरी निरीक्षक थापाका अनुसार गस्तीका क्रममा मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले गहुँखेतमा […]

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । प्रमुख […]

  नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध भएको सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी गएरातिदेखि सञ्चालनमा ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो । हिजो दिउँसो विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग […]

error: Content is protected !!