काठमाडौं । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा समेत सम्पर्कमा नआएका २८ कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।
जसमा एक जना प्रहरी नायव निरीक्षक, एक प्रहरी वरिष्ठ हवल्दार र एक प्रहरी सहायक हवल्दारसहित २८ जना सक्मर्पविहीन छन् ।
उनीहरुलाई ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी समेत कार्यालयले दिएको छ ।