काठमाडौं । मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको सिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान लिने धम्की दिइएङ्को थियो ।
रिपोर्टका अनुसार मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुमले सोमबार राति (अक्टोबर ४) एक सन्देश प्राप्त गरेको थियो। मध्यरातमा एक अधिकारीले त्यो सन्देश प्राप्त गरेका थिए ।
म्यासेजमा लेखिएको थियो, ‘यदि सलमान खान बाँच्न चाहन्छन् भने हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नु पर्छ। हाम्रो गिरोह अझै सक्रिय छ ।’
लगातारको धम्कीका बिच सलमान
खान अहिले फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन्। ज्यान मार्ने धम्कीका बिच अभिनेता फिल्मको सुटिङका लागि हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा फर्किएका छन् ।
अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ । ताज फलकनुमा दरबारलाई आकर्षक बत्तीहरूले सजाइएको थियो ।
चलचित्रका टोली एक दिनअघि नै होटेल पुगेका थिए । सुटिङको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यही ठाउँमा सलमानकी बहिनी अर्पिता खानको विवाह भएको थियो । एजेन्सी