२१ पुष २०८१, आइतबार
05-01-2025 , Sun
×

कास्की प्रहरीले पुर्वगृहमन्त्री रवी लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालत लगिँदै

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

 

काठमाडौं । पोखरा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ । लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ ।

जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन् ।

अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले बताइन् । ‘म्याद थप गर्न हामीसँग प्रशस्त आधार र कारणहरू छन्,’ उनले भनिन्, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन पनि आइसकेको छैन । अभियोजन यति छिट्टै लैजान सम्भव छैन ।’

पछिल्लोपल्ट कात्तिक ९ मा पक्राउ परेका नेचर हर्ब्सका सञ्चालक खनालको बयान चलिरहेको छ । लामिछानेको प्रारम्भिक बयान सकिए पनि मगाइएका कागजात र प्रमाण जुट्दै जाँदा थप बयान लिन सक्ने कानुनी बाटो खुला नै रहेको काफ्लेले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मेष : दिन राम्रो छ। थोरै लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। वृष : बौद्धिक व्यक्तिले आक्रमण गर्ने जोखिम छ। काममा मेहनतका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। साथीसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : बौद्धिक […]

  कपिलवस्तु । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले […]

  काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ। शुक्रबार प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सचेत रहन अनुरोध गरेका हुन्। ‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा […]

error: Content is protected !!