काठमाडौं। सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना रिहा हुनु भएको छ । उहाँहरू एक सातापछि रिहा हुनुभएको हो ।
अदालतको अवहेलना मुद्दामा दोषी ठहर हुनु भएका कँडेल र ढुंगाना ‘गल्ती भएको भन्दै माफी मागेपछि’ प्रक्रिया पूरा गरेर रिहा हुनु भएको हो । सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो ।
तर, उहाँहरूले माफी मागेमा सात दिन मात्रै थुनामा राख्न आदेश दिइएको थियो ।