३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

नयाँ सरकार गठनका एमाले अध्यक्ष केपी ओली आज चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन्

कांग्रेसमा प्रकाशमान सिंह रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् योग्य, क्रियाशील र अहिलेको परिस्थितिको सामना गर्न सक्ने सदस्य मन्त्री बन्ने उनले बताए । ‘मन्त्री बन्ने योग्यता सबै सांसदको छ । पार्टीले आवश्यकताका आधारमा मन्त्री चयन गर्छ,’ उनले भने । एमालेले प्रधानमन्त्रीसहित आठ मन्त्रालय लिने मोटामोटी सहमति भएको छ । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन् ।

मन्त्रालय पाउने अवस्था नरहेको ब्रिफिङ गरिएका थियो । ‘कांग्रेसले ११ मन्त्रालय लिने सहमति भएको हो, तर राष्ट्रिय सहमतिको सरकार भनिएकाले अन्य दललाई पनि समेट्नुपर्ने अवस्था छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने बैठकले मापदण्ड बनाएर पार्टी र गठबन्धन दलमा थप छलफल गरेर मन्त्रीको टुंगो लाग्ने बताए । ‘मापदण्ड बनेको छ, त्यस आधारमा मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधार हुनेछन् । समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर छनोट गरिनेछ,’ उनले भने । सहमतिअनुसार कांग्रेसले गृहसहित ११ मन्त्रालय र एमालेले आठ मन्त्रालय लिने उल्लेख छ ।

कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठका अनुसार बैठकमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने जानकारी गराइएको थियो । ‘पर्फर्मेन्स देखाउन सक्ने गरी परिपक्व र सिनियरको नेतृत्वमा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी तयारीबारे बैठकमा छलफल भयोे,’ श्रेष्ठले भने । सहमहामन्त्री जीवन परियारले बैठकमा मन्त्रीको नाम र संख्याको विषयमा छलफल नभएको बताए । ‘मन्त्रीको मापदण्ड बनाउने विषयमा औपचारिक छलफलबाहेक अरू विषय छलफल नै भएन,’ उनले भने । कांग्रेसले उपप्रधानमन्त्रीसहित ११ मन्त्रालय लिने नेताहरूको भनाइ छ । कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए । उनले […]

  बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]

मेष -आजको दिन तपाईंको लागि उत्साहजनक रहन सक्छ। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। वृष -आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। मिथुन -व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। कर्कट -मानसिक तनाव कम हुनेछ। परिवारसँग समय बिताउन पाउनु हुनेछ। यात्रामा जान सकिने […]

error: Content is protected !!