(एबिसि संचार ) काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्यान्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो ।१५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा१३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो ।