(महेन्द्र सिंह ) वडा प्रहरी कार्यालय बाँकेको टोलिले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आर्दश नगरबाट वेवारिसे अवस्थामा रहेको प्याज बरामद गरेको हो ।वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हरि बहादुर बिसीका अनुसार भारतबाट चोरी पैठारी गरि भित्र्याइएको एक हजार पाँच सय पचास किलो प्याज बरामद गरिएको हो । उक्त प्याजको मूल्य करिव १,०८,५००।-(एक लाख आठ हजार पाँच सय) बराबर रहेको प्रहरी निरीक्षक हरि बहादुर बिसीले बताए । बरामद गरिएको प्याज आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।