(ABC-Sanchar)
काठमाडौं । कालिमाटी फलफुल तथा तकारी बजार विकास समितिले आज ठूलो भारतीय गोलभेँडाको मूल्य ४० रुपैयाँ कायम रहेको जनाएको हो ।
समितिका अनुसार सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४७, टनेल गोलभेँडाको ५५ रुपैयाँ र सानो भारतीय गोलभेडाको मूल्य ३५ रुपैयाँ छ । यस्तै, मुडेको आलु ५१ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, सुकेको प्याज ६६ रुपैयाँ तोकिएको छ ।
यस्तै, बन्दा ६५ रुपैयाँ, काउली ८५ रुपैयाँ, सेतो मुला ७५ रुपैयाँ र लाम्चो भन्टा १५ रुपैयाँ छ । यसबाहेक बोडीको थोक मूल्य ५५ रुपैयाँ हुँदा घिउ सिमि ५५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तिते करेला ५५, लौका ४५ रुपैयाँ, परवर ४५ रुपैयाँ छ ।
रायो सागको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ हुँदा तोरीको सागको मूल्य प्रतिकिलो २५ रुपैयाँ राखिएको छ ।