२३ पुष २०८१, मंगलबार
07-01-2025 , Tue
×

जनसंख्याको असमान वितरण र वैदेशिक रोजगारीले पारेको प्रभाव रहर कि बाध्यता

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

(पाण्डव शर्मा)

दाङ । नेपालमा जनसंख्याको असमान वितरणले मुलुकको समग्र विकासमा क्षति पु¥याइरहेको छ । अहिले हिमाल र पहाडका बस्तिहरु धमाधम खालिभइरहेका छन् । तराई र विशेष गरेर शहरी क्षेत्रहरुमा बस्ति विकास तीब्र ढंगले भइरहेको छ । हरेक ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिहरुको सपना बजारमा बसाईसराई गर्ने र हिमाल तथा पहाडमा बस्नेतहरुको सपना तराईमा बसाईसराई गर्ने रहेको छ । यसले हाम्रा हिमाल तथा पहाडका बस्तिहरु रित्तिन थालेका छन् ।

अहिले नेपालले जनसंख्याको असमान वितरणको रूपमा महत्त्वपूर्ण चुनौती सामना गरिरहेको छ । भर्खरैको जनगणना तथ्याङ्कले तराई क्षेत्रको जनसङ्ख्यामा निरन्तर वृद्धि र पहाडी तथा हिमाली क्षेत्रहरूमा सोही अनुसारको कमीसँगै उल्लेखनीय जनसांख्यिकीय परिवर्तन देखाएको छ । २०७८ सालको जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या तराईमा भएको देखिन्छ । जनसंख्याको ५३.६१, पहाडमा ४०.३१ र हिमाली क्षेत्रमा ६.०८ प्रतिशतले बसोबास गर्ने २०७८ को जनगणानाले देखाएको छ । यो तथ्यांक अनुसार आधा भन्दा बढी धेरै नेपाली तराईमा बसोबास गर्ने गर्दछन् । नेपालको कुल भुगोलको २३ प्रतिशत क्षेत्रफल मात्र तराईमा रहेको छ । थोरै क्षेत्रफल भएको तराईमा अत्याधिक जनसंख्याको चाप हुनु राम्रो संकेत होइन ।

जनगणनाको प्रतिवेदन अनुसार नेपालमा प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १ सय ९८ जना मानिसहरू बसोबास गर्छन् । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४ सय ६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौँ जिल्लामा ९५ हजार १ सय ६९ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङ जिल्लामा ३ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
जनगणनाअनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौँ जिल्लामा रहेको छ । काठमाडौँमा २० लाख ४१ हजार ५ सय ८७ जना र सबैभन्दा कम जनसंख्या मनाङमा ५ हजार ६ सय ५८ जनाको बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसङ्ख्या भएका जिल्ला हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्छन् ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै जनसंख्या वाग्मतीमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत छ । यसै गरी मधेसमा दोस्रो ठुलो जनसंख्या रहेको छ । २०७८ सालमा जनसंख्या आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौं प्रदेशमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी छन् ।
यो असमानताले देशको विकासमा दूरगामी परिणामहरू निम्त्याएको छ । मुलुकको नीति निर्माताहरूको तत्काल ध्यान जान जरुरी छ । जनसंख्याको असमान वितरणले नेपालको समग्र विकासमा गहिरो प्रभाव पारेको छ । तराई क्षेत्रमा केन्द्रित जनसंख्या वृद्धिले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवाहरूमा ठूलो दबाब परेको छ । फलस्वरूप, काठमाडौं जस्ता सहरी केन्द्रहरूले दू्रत सहरीकरण, स्रोतसाधनको तनाव र ट्राफिक जाम, आवास अभाव र वातावरणीय ह्रास जस्ता असंख्य चुनौतीहरूको सामना गरिरहेका छन् । यसको विपरीत, पहाडी र हिमाली क्षेत्रमा घट्दो जनसंख्याले उनीहरूको आर्थिक वृद्धि र पूर्वाधार विकासमा प्रतिकूल असर गरिरहेको छ ।
संघीयता कार्यान्वयनसँगै नेपालको सबै क्षेत्रको सन्तुलित विकास सुनिश्चित गर्ने लक्ष्य थियो । तर, वर्तमान जनसांख्यिकीय प्रवृत्तिले अपेक्षित सन्तुलन हासिल हुन नसकेको संकेत गर्छ । यो असमानताले संघीय प्रणालीको प्रभावकारिताको बारेमा चिन्ता समेत खडा गरेको छ ।

एकीकृत बस्तीहरूको आवश्यकता
जनसंख्याको असन्तुलनलाई सम्बोधन गर्न सरकारले एकीकृत बस्ती विकासलाई प्राथमिकता दिनुपर्छ । भीडभाड भएको क्षेत्रबाहिर योजनाबद्ध सहरी केन्द्रहरू स्थापना गर्नुपर्छ । मानिसहरूलाई एकीकृत बस्तिमा स्थानान्तरण गर्न प्रोत्साहित गर्न सकिन्छ । जसले गर्दा सहरी क्षेत्रहरुमा भइरहेको जनसंख्या बृद्धिको चुनौतिलाई सहज रुपमा सामना गर्न सकिन्छ । त्यस्ता बस्तीहरूले उच्च गुणस्तरको जीवनयापन सुनिश्चित गर्न र देशभर समतामूलक विकासलाई प्रोत्साहित गर्न पूर्वाधार, स्वास्थ्य सेवा, शैक्षिक संस्था र रोजगारीका अवसरहरू सृजना गर्नुपर्छ ।
जनसंख्याको असमान वितरणले भूमिको उपयोग र कृषि अभ्यासलाई पनि असर गरिरहेको छ । तीव्र सहरीकरण र औद्योगिकीकरणका कारण तराईमा खेतीयोग्य जमिन नाश भइरहेको छ । यसले खाद्य सुरक्षा र दिगो कृषिमा खतरा पैदा गरेको छ । हिमाल तथा पहाडामा प्रशस्त खालि जग्गा रहेको छ । अब सरकारले विशेष योजना बनाएर खाली जग्गामा फलफूल तथा जडीबुटी उत्पादनमा ध्यान दिनुपर्छ । हिमाली तथा पहाडी क्षेत्रमा दीगो भूमि व्यवस्थापनमा ध्यान दिनुपर्छ । यी क्षेत्रहरुमा जडीबुटी तथा फलफूल उत्पादन गर्न सकिन्छ ।

वैदेशिक रोजगारीको प्रभाव

नेपालमा जनसंख्याको असमान वितरण तथा प्रभाव पार्ने अर्को प्रमुख कारण भनेको वैदेशिक रोजगार हो । हामीले अहिलेसम्म जनसंख्या घटाउने कुरालाई बढी जोड दिएका थियौं । अबको केही दशकमा हामीले जनसंख्या कसरी बढाउने भन्ने चिन्ता गर्नुपर्छ । अहिले बच्चा पाउने उमेर समुहका धेरै युवायुवतिहरु विदेश पलायन भइरहेका छन् । स्वदेशमा पनि बच्च उत्पादनको दर घटेको छ । पछिल्लो जनगणना अनुसार पनि नेपालमा जन्मदर घटेको देखिन्छ ।
नेपालमा स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वर्षेनी लाखौं युवा रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपालबाट प्रत्येक दिन लगभग १ हजार ५ सय व्यक्तिहरू वैदेशिक रोजगारीमा जाने गर्छन् । नेपालमा ६० प्रतिशत भन्दा बढी घरपरिवारमा कम्तीमा एक जना सदस्य वैदेशिक रोजगारीमा छन् ।
हुन त वैदेशिक रोजगारले विकासोन्मुख र अल्पविकसित दुवै देशका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा काम गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

  दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ । बृष राशि -नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज […]

error: Content is protected !!