१२ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

प्रहरी सरुवा र बढुवामा कसैलाई हस्तक्षेप गर्न दिने छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । ‘प्रहरी शासक हैन सेवक हो’ निर्देशन सम्बोधन गर्दै श्रेष्ठले भने–‘जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस् ।’

देशभरका प्रहरी कार्यालयमा गरिब, विपन्न, महिला र सीमान्तकृतलाई सेवा प्रवाहमा प्राथमिकता दिन श्रेष्ठले निर्देशन दिए । उनले भने–‘गरिब विपन्न र सीमान्तकृतको सेवा नगरे कारबाही गर्छु, कार्यसम्पादन मूल्याङ्कनको मुख्य कडी त्यही हुनेछ ।’ नेपाल प्रहरी ऐन र प्रहरी समायोजन प्रक्रिया द्रुत गतिमा अघि बढाउने उल्लेख गर्दै श्रेष्ठले भनेका छन्–‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिनेछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुल्सीपुर मेष राशि – साहस ,पराक्रम कढ्नेछ ।निर्णयात्मक क्षमता वृद्दि होला ।नोकरी वा पेशामा पद प्रतिष्ठा प्राप्त होला।कार्यक्षेत्रमा नयाँ योजनाहरु बन्नेछन् । व्यवसायमा सफलता मिल्ला ।नजिकका व्यक्तिले खुट्टा तान्नेछन् ।अनावस्यक वादविवाद बाट बचेर काम गर्नुहोला । बृष राशि – बाणिको मिठास बढ्नेछ ।संन्चित् धन वढ्ला ।व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु होलान् […]

  दाङ । तुल्सीपुर मेष राशि – आज दिन मध्ययम फलदायि रहला । आर्थिक पक्ष विस्तारै अगाडि वढनेछ । राजनितिक क्षेत्रमा भने सफलता मिल्ने छैन ।बैदेशिक कार्यमा ढिला सुस्ति हुनेछ । सत्रुहरु परास्त होला् । पराक्रम बढ्नेछ ।विद्यार्थीका लागि विेशेष शुभ दिन रहेको छ । बृष राशि – चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।भाग्यले साथ […]

काठमाडौं । नेपाल प्रहरीका होनहार एक अबकाश प्रहरी उपरीक्षक एसपी राजेन्द्र बाबू रेग्मीको भनाई जस्ताको त्यस्तै तपाईंको माझमा । १- संघियता खारेज।(मुल एजेन्डा ) २=मन्त्री मण्डल दस सदस्यीय (केन्द्रमा) ३-प्रदेशको संरचनालाई हटाएर सम्रग मुलुकलाई तीन वटा भागमा बिभाजन।नामकरणको एक सम्बन्धमा नदि, हिमाल र राष्ट्रिय बिभुतिहरु मध्येबाट छानेर छनोैठ गर्नै ४- जिल्लाहरुको संख्या जम्मा ३५ (डेनमार्क […]

error: Content is protected !!