०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि अचानक बालकोटमा ओली भेट्न पुगे

Logo
प्रकाशित आइतबार, पुष १०, २०७९

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन् । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन् । माओवादी महासचिव देव गुरूङ र राष्ट्रिय स्वातन्त्र पार्टी सभापति रवि लामिछाने पनि बालकोटमा छन् ।

बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्केका थिए ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’ पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

error: Content is protected !!