ABC (क्राईमबिट)
प्युठान । समाजमा अश्लीलता फैलाएको भन्दै भेल्लुबाजे भनेर चिनिने मीनबहादुर बुढाको गतिविधि नियन्त्रणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्।
भेल्लुबाजे र उनका सहयोगीका गतिविधि क्षणिक मनोरञ्जन दिए पनि बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै प्युठानका प्रमुख जिल्ला अधिकारी सुनीता नेपाललाई स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।