०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

शरीरलाई तातो बनाउन जाडो मौसममा खानुहाेस् यी खाने कुराहरु

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

ABC (स्वास्थ)
काठमाडौं । चिसो हुने हुँदा लामो समय ओछ्यानमै बस्ने शरिरलाई चाइने पर्याप्त पानी नपिउने र व्ययाम नगर्ने गर्नाले शरिरकमजोर हुनुका साथै अल्छिपन बढ्ने हुन्छ । त्यसैले चिसो मौसममा बिहान सकेम्म छिटो उठ्ने रधेरै पटक खानेकुरा खाइरहने गर्दा शरिरमा तातोपन बढ्छ । खानेकुरा खाँदा शरिरमा पाचनक्रिया नियमित हुने र तापक्रम बढ्छ । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

मह
जाडो महिनामा नियमित रूपमा महको सेवन गर्ने हो भने यसले रुघा र खोकी लाग्न दिँदैन । त्यसैले चिसो मौसममा बिहान एक चम्चा मह अनिवार्य रूपमा खानु राम्रो मानिन्छ ।

सख्खर
चिसो मौसममा सख्खरको सेवन गर्ने हो भने यसले शरीरमा गर्मी पैदा गर्छ । सख्खरको सेवनले शरीरको मेटाबोलिजमलाई राम्रो गर्छ । पाचन क्रियालाई राम्रो गर्न पनि सख्खरको सेवन गर्नु राम्रो मानिन्छ । सख्खरमा आइरनको मात्रा प्रचुर हुने हुनाले यसले एनिमियाको समस्या पनि हुन दिँदैन ।

तुलसी र अदुवा
चिसो मौसममा तुलसी र अदुवाको चिया बनाएर सेवन गर्दा शरीरलाई धेरै नै राम्रो गर्छ । यदि चियाको रूपमा खान मन लाग्दैन भने यसलाई चपाएर पनि खान सकिन्छ । यसको नियमित सेवनले चिसो मौसममा रुघा खोकी लाग्नबाट शरीरलाई बचाउने काम गर्छ ।
तिल
चिसो मौसममा तिलको सेवन गर्ने हो भने यसले हाम्रो शरीरमा गर्मी पैदा गर्छ । तिलमा मोनो-स्याचुरेटेड फ्याट्टि एसिड र एन्टि ब्याक्टेरियल मिनरल्स पाइने हुनाले चिसो मौसममा तिलको सेवन गर्दा धेरै किसिमको फाइदा हुन्छ ।

बदाम
चिसो मौसममा बदामको सेवन अनिवार्य रूपमा गर्नु फाइदाजनक मानिन्छ । बदाममा प्रोटिन र शरीरलाई फाइदा गर्ने चिल्लो पदार्थ, धेरै किसिमका भिटामिन र मिनरल्सहरु पाइन्छ । बदाममा म्याग्नेसियम, भिटामिन इ र फस्फोरस पनि पाइन्छ । बदामको सेवनले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्ने हुनाले मुटुका समस्या भएका व्यक्तिलाई चिसो मौसममा हुने मुटुका समस्याबाट पनि जोगाउन पनि मद्दत गर्छ ।

ड्राईफ्रुट्स
चिसो मौसममा ड्राईफ्रुट्सको सेवन पनि शरीर र स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । विभिन्न किसिमका ड्राईफ्रुट्सको सेवनले शरीरलाई गर्मी र शक्ति पैदा गर्न महत्त्वपूर्ण मानिन्छ ।

छोकडा
छोकडाको प्रभाव गर्मी पैदा गर्ने हुन्छ । यदि चिसो मौसममा यसको सेवन गर्ने हो भने यसले शरीरमा भित्रैबाट गर्मी पैदा गर्छ । त्यसैले चिसो मौसममा यसको सेवन गर्नुलाई राम्रो मानिन्छ । छोकडामा भिटामिन ए र बि प्रशस्त मात्रामा पाइन्छ । यसमा फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको मात्रा पनि धेरै हुनाले यसको फाइदा धेरै रहेको छ ।

गाजरको खिर/हलुवा
जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउदा“, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ ।

हरियो सागपातको धेरै प्रयोग
चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।

सुत्नुअघि दुध
चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

भिटामिनको भरपुर प्रयोग
खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।

बेलुकाको खाना छिटै खाने
जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले शुक्रबार मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर प्रकाश पार्न स्वास्थ्य चेतावनीका लागि आह्वान गरेका छन् । साथै, उनले जोखिमका कारण दैनिक सेवनको सीमा पुनर्मूल्याँकन गर्न आग्रह गरेका छन् । सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै ज्ञात रहेको र थप […]

(ABC-Sanchar) डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले एक नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरेको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल […]

(एबिसि संचार ) धनगढी उपमहानगरपालिकाले अगामी माघदेखि नगर क्षेत्रमा सुर्ती र मदिरा बिक्री वितरणमा रोक लगाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सुर्ती […]

error: Content is protected !!