०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

नेपाली सेना र नेपाल प्रहरी कार्यालयलाई बहाल कर बुझाउन महानगरको अल्टिमेटम

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

( ABC Sanchar)                                             काठमाडौं महानगरपालिकाले नेपाली सेना र प्रहरीसहित तीन सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ।

नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको महानगरपालिकाका विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार ती अन्तर्गतका कार्यालयले आफ्नो क्षेत्रभित्र बहालमा लगाएका थिए। उनीहरूले बहाल लगाई आम्दानी गरेको कर बुझाउन महानगरले पटक-पटक ताकेता गर्दै आएको उनले‍ बताए।

ताकेता गर्दा पनि अहिलेसम्म कर नबुझएकाले सम्बन्धित निकायलाई बहाल आम्दानीको विवरणसहित कर बुझाउन समयसीमा दिइएको हो।

महानगरले वडा कार्यालयमा गई नियमानुसारको जरिवानासहित बहाल कर बुझाउन भनेको छ।

यी निकायले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । देउखुरी कालापानी सिसहनियामा सञ्चालित महाेत्सव असफल भएको स्थानीय र दर्शकहरुले बताएका छन् । मंगलबार दिउँसो आउने भनिएका कलाकार प्रमोद खरेल झमक्क साँझ परेपछि साढे ६ बजेतिर मात्रै मञ्चमा देखिए । जहाँ दर्शकले उनलाई हेर्न र सुन्नका लागि भनेर १ सय रकमको टिकट काटेर दिउँसोदेखि पर्खिरहेका थिए । उनै खरेल साँझसम्म पनि देखिएनन् […]

  काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले ६० लाख धरौटी लिएर छाड्न आदेश गरेको हो ।   जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० […]

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आदेशको तयारी भइरहेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा गत आइतबारदेखि बयान र बहस भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको र त्यो पैसा खर्च गर्नेमा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई प्रतिवादी बनाइएको छ । जिल्ला […]

error: Content is protected !!