०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

कम्युनिस्टले गर्नुपर्ने काम मेयर हर्कले गरे उहाँबाट सबैले प्रेरणा लिनुपर्छ’ प्रचण्ड

Logo
प्रकाशित शुक्रबार, भाद्र १०, २०७९

(ABC-Sanchar)
काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन्।

यसअघि हर्कले आफूले प्रचण्डलाई श्रमदान गर्न धरान बोलाएको बताएका थिए। आज मात्र प्रचण्डले धरानमा पुगेर श्रमदान गरेका हुन्।

प्रचण्डले आफूले श्रमदान गरेको र वृद्धरोपन कार्यक्रममा सरिक भएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन्। धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो।

यसबीचमा प्रचण्डले सिंगै देशले मेयर हर्कबाट प्रेरणा लिनुपर्ने बताएका छन्। उनले माओवादी र कम्युनिस्टले गर्नुपर्ने काम हर्कले गरिरहेको पनि उल्लेख गरे।

‘सिंगो नेपालले उहाँको कामलाई बडो गम्भीरतापूर्ण तरिकाले हेरेको छ। हामी कम्युनिस्टहरुले र खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनु भएको छ। म पार्टीका साथीहरु र देशका श्रमजीवि जनतालाई पनि हर्कको व्यवहारबाट उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु’ प्रचण्डले भनेका छन्।

निरन्तर जनताको सेवामा लागिरहन र डटिरहन प्रचण्डले हर्कलाई सुझाव पनि दिएका छन्। उनी भन्छन्,‘जनतासँग जोडिरहनुस् र जनताको साथ पाइनराख्नुहोस् भन्ने शुभकामना छ। हाम्रो साथीहरुको पनि साथ तपाइँलाई छ। उपमेयर हाम्रै पार्टीबाट नै हुनुहुन्छ। उहाँहरुको जोडी असाध्यै मिलेको देखिएको छ। अनुहार पनि मिलेको छ। काम पनि मिलेको छ। यो धरानको लागि बडो ठूलो अवसर हो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० […]

error: Content is protected !!