ABC (क्राईमबिट)
मोरङ । विराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट बिहिबार सशस्त्र प्रहरीले करीब १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।
बरामद लत्ताकपडा विराटनर भन्सार कार्यालय रानीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।