३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

रुकुममा प्रहरीको भ्यान दुर्घटना १ जना प्रहरीको मृत्यु डिएसपीसहित ५ घाइते

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९


ABC (क्राईमबिट)
रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको छ ।

लु १ झ ६६० नम्बरको टाटा भ्यान तल्लो सेरामा दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृतकको नाम खुलेको छैन । उक्त भ्यान जिल्ला सदरमुकाम रुकुमकोटबाट तकसेरा जाँदै गरेको थियो ।

आज बिहान ११ बजेतिर भएको दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी सहित ३ जना प्रहरी जवान तथा गाडी चालक घाइते भएको पुथाउत्तरगंगा गाउँकार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले जानकारी दिनुभएको छ ।

घाइते मध्य केहिको अवस्था गम्भिर रहेको घर्तीले बताउनुभयो । उहाँकाअनुसार दुवै डिएसपीको अवस्था भने सामान्य रहेको छ । इलाका प्रहरी कार्यालय तक अनुगनमका लागि डिएसपी साबहरुको टोली तक गएको एक प्रहरीले जानकारी दिएका छन ।

घटनाको थप विवरण आउँन बाँकी छ । घाइतेलाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उडिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूृर्वले जनाएको छ । गाडि सडकबाट करिब १ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती गाउँपालिकाको समग्र शान्ति सुरक्षा,लागुऔषध नियन्त्रमा, सरसफाई ,बिपद व्यवस्थापन,राजश्व बृद्बि एवं अपराधिक क्रियाकलापहरुलाई न्यूनिकरण गरी समाज सुधारका निमित्त यस कार्यालयबाट निरन्तर प्रतिबद्ध रही, सक्रिय भूमिका निर्वाह गर्दै राप्ती गाउँपालिकाको समृद्बिमा उल्लेखनीय योगदान पुर्‍याएकोमा गाउँपालिकाको नबौँ स्थापना दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीलाई प्रशंसा-पत्र प्रदान सहित सम्मान […]

काठमाडौं । नेपाल प्रहरीका आईजिपी वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाशमा जाँदैछन्। उनीसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई पनि सेवा निवृत्त हुँदैछन्। कुँवरसहित अवकाशमा जाने अधिकृतहरू २०५१ साल चैत ५ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए। बाँकी रहने तीन जना एआईजी दीपक […]

  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरूमा वर्षा भइरहेको जानकारी दिइन् ।

error: Content is protected !!