३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

भारत बिहारको मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

काठमाडौं । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।

नितिश कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरूसँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका छौँ ।’ अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए । उनले […]

  बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]

मेष -आजको दिन तपाईंको लागि उत्साहजनक रहन सक्छ। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। वृष -आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। मिथुन -व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। कर्कट -मानसिक तनाव कम हुनेछ। परिवारसँग समय बिताउन पाउनु हुनेछ। यात्रामा जान सकिने […]

error: Content is protected !!