३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

सशस्त्र प्रहरीका १६ जना एसपीहरु एसएसपीमा बढुवा सिफारिस

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । कामु एसएसपी दिपेन्द्र कुंवर पनि बढुवाका लागि सिफारिस भएका छन्् । त्यस्तै महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् ।

बढुवामा दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा,किरण बस्नेत र माधव पौडेल,उद्धव बहादुर न्यौपाने,राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् । त्यसैगरी एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ । विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले […]

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर […]

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट १६ जनाको हालसम्म मृत्यु मोरङ । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित […]

error: Content is protected !!