०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

ठगी कसूर तथा संगठित अपराधमा फरार प्रतिवादी काठमाडौं प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । कीर्तिपुर नगरपालिका-१ बस्ने धनकुटा, धनकुटा नगरपालिका-६ घर भएकी ५७ वर्षीया सिर्जना शाक्य (तामाङ)लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको घटनामा संलग्न रही फरार रहेकी उक्त संस्थाकी लेखा समिति सदस्य सिर्जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रामशाहपथबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ सहित १२ जना प्रतिबादीहरुलाई २०७८ मंसिर १७ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकोमा ईच्छा राज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागि कारागारमा रहेका छन् ।

सिर्जनालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो । प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]

error: Content is protected !!