१९ पुष २०८१, शुक्रबार
03-01-2025 , Fri
×

नेपालगन्ज मेडिकल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

ABC-SANCHAR
बाँके । नेपालगन्ज मेडिकल कलेजको बसले कोहलपुरमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बुधबार बेलुका कोहलपुरको न्यू रोड होटेल अतिथि नजिकैको चोकमा भे१क १२५ नम्बरको बसले भे४प ३२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ११ एनटिभीका ६० वर्षीय रामबहादुर थापा गम्भीर घाइते भएका थिए ।

घाईतेको उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि पु¥याइएको केहीबेरमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक बैजनाथ गाउँपालिका– १ का पदमबहादुर बुढा र बसलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र थप अनुसन्धान प्रक्रिया आगाडी बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!