१९ पुष २०८१, शुक्रबार
03-01-2025 , Fri
×

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९


ABC-SANCHAR
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’

बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै शर्माले अघि भने, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले विभिन्न रिक्त पदमा पदपूर्तीका लागि सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो । जसअनुसार प्रहरी निरीक्षक ६८ जना, सहायक निरीक्षक ८३, जवान ९४१ र परिचर ८७ जना माग गरिएको छ । एपीएफले २० जना […]

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पाँच डीआईजी पदमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, र गोविन्द थपलिया परेका छन्। पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान […]

शुक्रबार तपाईंको राशिसल   मेष : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। […]

error: Content is protected !!