(ABC-SANCHAR)
काठमाडौं । आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ ।
यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।