ABC (क्राईमबिट)
बाँके । कोहलपुर प्रहरीले बैजनाथ गाउँपालिकाबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका वडा नं. ५ बाट चितुवाको छालासहित बैजनाथ गाउँपालिकाका यमबहादुर विश्वकर्मा, बर्दिया मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
चितुवाको छालासाथमा राखेर हिडिरहेका उनीहरुलाई शंका लागेर जाँच गरिएको प्रहरीले बताएको छ ।
उनीहरुलाई इप्रका कोहलपुरको हिरासतमा राखेर थप अनुसन्धानको काम सुरु भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।