०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

नेपालगन्ज भेरी अस्पतालको क्वाटरमा ४ जनाको मृत्यु घटनाको अनुसन्धान गर्दै प्रहरी

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

(ABC संचार ब्युरो)
बाँके । भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

एउटै कोठामा बसेका उनीहरुको निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको उनले बताए । घटनास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री र एसपी अधिकारीले आफूहरु घटनास्थलमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

स्टोरको कर्मचारीले काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले जानकारी दिए । संगै कोठामा रहेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरीमै उपचार भइरहेको छ ।

भट्टराईकी श्रीमती २२ बर्षीया शुशीला, ३ बर्षीय छोरा दिवस र १८ बर्षीय भाइ नरेशको उपचार भइरहेको अधिकारीले बताए । सुत्ने बेला कोइला बालेर सुतेको बताइएकाले निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

कानुन कार्यान्वयनमा प्रहरीलाई बाधा पुर्‍याउने को इन्काउन्टर हुनसक्छ: बाँके एसपी कार्की बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी […]

error: Content is protected !!